Skip to main content

Chomolungma (सर्वोच्च शिखरको नाम सगरमाथा र Mount Everest होईन यसको प्राचिन मौलिक रैथाने नाम चोमोलुङ्मा हो

Chomolungma


 ( सर्वोच्च शिखरको नाम सगरमाथा र Mount Everest होईन यसको प्राचिन मौलिक रैथाने नाम (चोमोलुङ्मा) हो )


नेपालको सबैभन्दा प्राचीन मानव सभ्यता किरात सभ्यता हो भन्ने कुरामा कुनै दुईमत नै छैन।किरातीहरुको मुन्दुममा पाईने ईतिहास अनुसार किरातीहरुले नै मानव सभ्यता विकासको क्रममा शिकारी युग हुदै कृषि युगको शुभारम्भ गरेका थिए।


यसरी जंगलीयुग/शिकारी युग कृषि युग पार गर्दै जादा यो प्राचीन किरात भुमि नेपालको प्रकृतिमा रहेको हरेक वन-जङ्गल,नदि-नाला,हिमाल-पहाड,रुख-विरुवा,वनस्पती,पशुपंक्षी लगायत प्रकृति संग सामिप्यता बढाऊदै गए,


यो प्रकृती संग किरातीहरु नै सबैभन्दा प्राचीन समयमा परीचित भएका हुन।तसर्थ किरातीहरुले नै यो प्राचीन किरात भुमी नेपालको प्रकृतीमा रहेका हरेक कुराहरु लाई किराती भाषामा नै प्राचीन मौलिक नाम उपनाम दिएका थिए।


तर जब प्राचीन किरात भुमी नेपालमा भारत तिरबाट लिच्छवी,मल्ल,सेन,शाह लगायत भारोपेली जनगणका मानिसहरु प्रवेश गरे र प्राचीन किरात भुमी नेपालमा किरातीहरुको राज्य कब्जा गर्दै गए।


यहाँको किरात भुमि नेपालको प्रकृतीमा रहेका हिमाल पहाड वनजंगल नदिनाला किरातहरुले पुज्ने शक्तीपिठहरु राज्यसत्ता र राज्यसत्ता संग नजिक रहेका निश्चित समुदायको मानिसहरुले ऊनीहरुको भाषा र धर्म संस्कृति र ईतिहास संग जोड्दै निरन्तर धार्मिक सांस्कृतिक अतिक्रमण गर्ने,हडप्ने काम गर्दै गए। 


यो प्राचीन किरात भुमी नेपालमा रहेको संसारको सबैभन्दा सर्वोच्च शिखर हिमालको वास्तविक प्राचिन नाम चोमोलुङ्मा हो।Mt Everest पनि होईन र सगरमाथा पनि होईन।यहाँको मुलवाशी किरातीहरुले हजारौ वर्ष अघि देखी नै यस सर्वोच्च शिखरको नाम यहाँको रैथाने आदिवाशीहरुको भाषामा (चोमो(ओ= तिख्रिएको/चुलिएको + लुङ= ढुङ्गा + मा = आमा ) अर्थात (चुलिएको आमा ढुङ्गा) भन्ने शाब्दिक अर्थ लाग्ने गर्दछ।


उक्त संसारको सर्वोच्च शिखर (चोमोलुङ्मा) लाई वृटिशकालिन भारतिय नापि नक्शा सर्भे टोलीले सर्भे गर्दा संसारकै सबैभन्दा अग्लो हिमालको रुपमा प्रमाणित भयो।त्यसैले उक्त सर्भे टोलीको नेतृत्व गरेका George Everest को सम्मान स्वरुप उनकै थरबाट Mt Everest नामकरण गरी विश्व व्यापी रुपमा प्रसिद्ध भयो।


 तर यस सर्वोच्च शिखर (चोमोलुङ्मा)को रैथाने मुलवाशी किराती भाषामा नाम हुदाहुदै बाबुराम आचार्यले शारदा -पत्रिका (वर्ष ४,अङ्क ८,१९३८ ई) मा उक्त सर्वोच्च शिखर चोमोलुङ्माको नाम सगरमाथा (सगर=स्वर्ग,आकाश+माथा= शिर )न्वारान गरीदिएका थिए। 


यसरी यस प्राचीन किरात भुमि नेपालमा प्राचिन मानव सभ्यताको विकास गरेर बसेका मुलवाशी किराती (आदिवाशी) रैथानेहरुले हजारौ वर्षदेखी चोमोलुङ्मा भन्ने नामलाई बाबुराम आचार्यले (१९३८ ई) मा भारोपेली भाषामा खस पर्वतेकरण गरेर सगरमाथा र विदेशीहरुले Mt Everest नामकरण गरीदिए।त्यस्तै ताप्लेजुङमा रहेको किराती नाम फक्तालुङ हिमाल लाई कुम्भकर्ण नामकरण गरीएको छ।


किरातीहरुले पुज्ने मुकुमलुङ लाई पाथीभरा,किरातीहरुको ऐतिहासिक सांस्कृतिक स्थल खोटाङको होलैसुङ लाई हलेशी थान महादेव तिर्थधाम बनाईदिए।यस्ता प्राचिन मुलवाशी किरातीहरुको रैथानेहरुको भाषामा रहेका र रैथाने ईतिहास र संस्कृति संग सम्बन्धित हरेक कुराहरुको नाम परीवर्तन गरेर यो राज्यसत्ताले र राज्यसत्ता संग नजि रहेको निश्चित समुदायले अतिक्रमण गर्ने हडप्ने कामहरु निरन्तर हुदै आईरहेको उदाहरणहरु प्रशस्त छ। 


त्यस्तै केहि दिन अघि भारतिय Zee TV टीभी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले Mount Everest मा भारतले आफनो दाबी गर्नुपर्छ किनभने Mt Everest को पहिलोपल्ट उचाइ नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई आधार मानेर Mt Sikandar नामकरण गर्नुपर्यो भन्ने दाबी सहितको अभिव्यक्ति दिए।


तब नेपालमा एक किसिमको राष्ट्रवादको भावना देखाऊदै भारतिय Zee TV सम्पादक सुधिर चौधरीलाई विरोध गर्ने,गालीगलौज गर्ने लहर नै चल्यो।तर यसरी नेपालको श्रोतसाधन प्रकृतीमा रहेका हरेक कुराहरु माथी किन विदेशीले? पटक पटक नामकरण गर्दै ? या यसरी आफनो हक दाबी गर्दै आईरहेका छन?भनेर नेपालीहरुले गहिरो चिन्तन गर्ने हो भने यस प्राचीन किरात भुमि नेपालमा पछि प्रवेश गरेका शाषकहरुले यहाँ पहिला देखी नै यहाँको राज्यसत्ताको शक्तीको आडमा प्राचिन मुलवाशी रैथाने किराती भाषामा रहेका विभिन्न हिमाल,पहाड,नदि,नाला,वनजंङ्गल, मुलवाशी किरातीहरुले पुज्ने थान थपनाहरु निरन्तर अतिक्रमण गर्ने, नामहरु परीवर्तन गर्दै आईरहेको कारण नै हो।


यहाँको प्रकृतीमा रहेका हरेक कुराहरुको प्राचिन मुलवाशी किरात रैथानेहरुको भाषामा रहेका प्राचिन मौलिक रैथाने नामहरु लाई राज्यसत्ताले स्विकार नगरेर नाम अतिक्रमण गर्ने हडप्ने नाम परीवर्तन गर्ने निति लिएको परीणाम नै अन्य विदेशीले पनि यहाँको प्राकृतिक श्रोतसाधनको नाममा आफनो हकदाबी गरी रहेका हुन।यदि यो राज्यसत्ताले संसारको सर्वोच्च शिखर चोमोलुङमा  लगायत हरेक प्राकृतिक श्रोतसाधन हरुलाई रैथाने नामहरु नै स्वीकार गरेर कायम राख्नु पर्नेथियो। 


यो संसारको ईतिहास लाई हेर्ने हो भने कुनै पनि देशको निर्माण जे जसरी भएपनि,कुनै पनि देशको शाषकहरु समयकालखण्डमा परीवर्तन भएपनि उक्त देशको प्राचिनवाशी मुलवासी रैथानेहरुले प्राचिन समयमा नामकरण गरेका प्रकृतिमा रहेका हिमाल पहाड नदिनाला वनजंङ्गल हरेक कुराहरुको प्राचिन मौलिक नामहरु कायम नै राख्ने गरीएको छ।


संयुक्त राज्य अमेरिकामा रहेको ५० वटा प्रान्तहरु मध्ये २६ वटा प्रान्तहरु त्यहाँको प्राचिन मुलवासी रैथाने Native American हरुको भाषामा नै कायम गरीएको छ।त्यस्तै अष्ट्रेलियामा रहेका अधिकांश स्थानहरुको नाम,नदिनाला तालतलैया प्राकृतिक स्थलहरुको नामहरु त्यहाको प्राचीनवाशी मुलवाशी Aboriginal original रैथानेहरुकै भाषाको नामहरु बाट कायम राखिएका छन।


यस्तो उदाहरणहरु संसारभर नै प्रशस्त पाऊन सकिन्छ।यो देश नेपालको ईतिहास लाई हेर्ने हो भने यहाँको मुलवाशी किरात रैथाने आदिवाशीहरुको राज्यमा पटक पटक भारोपेली जनगणका मानिसहरुको प्रवेश भएको छ।यो प्राचीन भुमि नेपालमा प्रवेश गरेका आप्रवाशी शाषकहरुले राज्यसत्ता कब्जा गरेपश्चात हरेक कुरामा अतिक्रमणको निति हडप्ने नाम परीवर्तन गर्ने निति लिएको देखिन्छ।त्यसैले यो प्राचीन किरात भुमी नेपालमा यहाँको मुलवाशी किरात रैथाने आदिवाशीहरुले मानव सभ्यताको विकासको क्रममा प्रकृतिमा रहेका हरेक चिजसंग परीचित हुदै जादा सामीप्यता गास्दै जादा राखेका प्राचीन मौलिक नामकरण,हरेक हिमाल पहाड नदिनाला वनजंङ्गल स्थान थानथपनाहरुको प्राचिन मुलवाशी किराती रैथाने नामहरु नै कायम गर्न नसक्नु दुखद कुरा हो।


त्यसकारण नै आज विदेशीहरुले यहाँको हरेक कुरामा आफनो दाबी गर्दै नामकरण गर्ने प्रयास गरीरहेका छन।यसरी यो प्राचीन भुमिको प्रकृतिमा रहेका हरेक कुराको प्राचीन किराती भाषाबाट बनेका मौलिक रैथाने नामहरु शाषकहरुबाट फेरबदल गर्नु भनेको सिर्फ नाम मात्र फेरीनु होईन कि त्यस्को प्राचिन ईतिहास,प्राचिन मौलिकपन पनि प्राचीन पहिचान र अस्तित्व समाप्त पार्नु हो। 


नेपालको प्रकृतिमा रहेका हिमाल पहाड नदिनाला वनजंङ्गल पशुपंक्षी रुखविरुवा वनस्पती प्राचिन किरातकालिन मुलवाशी रैथाने सांस्कृतिक स्थल थानथपना लाई अतिक्रमण गर्नु हडप्नु नाम परीवर्तन गर्नु,त्यस्को प्राचिन रैथाने नाम कायम रहन नदिनु भनेको त्यस्को प्राचिनता,ईतिहास मौलिकपन प्राचिन पहिचान अस्तित्व समाप्त पार्नु देशको अस्तित्व संकटमा पर्ने देखिन्छ।यो संसारको सर्वोच्च शिखरको नाम (चोमोलुङ्मा) हो,


यसको मौलिक नाम सगरमाथा पनि होईन र Mt Everest पनि होईन।यहाँको प्रकृतिमा रहेका हिमाल पहाड नदिनाला वनजंङ्गल रुखविरुवा वनस्पती थानथपना हरेक कुराहरुको प्राचिन मुलवाशी किराती रैथाने नामहरु नै सम्मान स्वरुप कायम राखेर सम्पुर्ण नेपालीहरुले गर्वको साथ त्यस्को प्राचिनता,ईतिहास मौलिकपन प्राचिन अस्तीत्व कायम राख्न जरुरी छ।यदि यसो गर्न सकियो भने मात्र यो प्राचिन भुमिमा रहेका हरेक प्राकृतिक श्रोतशाधनहरुमा त्यस्को प्राचिनता ईतिहास मौलिकपन र प्राचिन अस्तित्व रहे मात्र सम्पुर्ण नेपालीहरुले गर्व गर्न सकिनेछ।


अत:-यो संसारको सर्वोच शिखर लाई (चोमोलुङमा) नै भनेर सम्पुर्ण नेपालीहरुले गर्वको साथ सम्बोधन गरौ ।


मुलघरे कान्छा (राजेन खिम्बुले राई)


Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर

किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए

  किरातीहरुले आफनो मुन्दुमी संस्कृतीअनुसार उधौली-उभौली/साकेला पुज्दा/पितृ ३ चुला सुप्तुलुंग पुज्दा गाई-गोरुको मासु चढाउने गर्दथिए। नेपालको सबैभन्दा प्राचीन पुष्ट ईतिहास नै किरातकाल हो।किरातीहरुको पहिलो राजा यलम्बर हाङ देखी राजा गस्ती सम्म ३२ पुस्तासम्म यलाखोम भनेर चिनिने हालको काठमाण्डौ उपत्यकामा एकछत्र राज गरेको ईतिहास साक्क्षी छ। किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए। किरात सभ्यता प्राचीनकाल देखी नै किरातीहरुले आफनो मुन्दुममा आधारीत रहेर मौलिक संस्कार संस्कृती मान्दै आईरहेका छन।किरातीहरुले प्रकृती(Nature) पुज्दछन/आफनो पितृ (Ancestors)लाई पुज्दछन/किरातीहरुले पैतृक अदृश्य शक्ती(Shamanism-Animinasm)पैतृक शक्ती र अदृश्य मुन्दुमी संसारमा विश्वास राख्दछन।  जसलाई Science विज्ञानमा आधारीत Quantum physics को भाषामा (सर्वव्यापी शक्ती) भन्न सकिन्छ भन्ने धारणा हो। किरातीहरुले जन्म देखी मृत्यु सम्म आफनो मुन्दुम अनुसार संस्कार संस्कृती गर्दछन,भने मुलत आफनो पुर्खा Ancestors सुम्निमा पारुहांग लाई मान्दछन। किरातीहरुले उधौली -उभौली गर्दा साकेला पुज्दा होस या आफनो पितृ पुज्दा पित्मासा/फोप