Skip to main content

Posts

Showing posts from November, 2021

सृष्टिकालमा किरात | यहीँ उन्यूँकाे पातमा किवा(बाघ) गाउँघरतिर जङ्गलमा बस्ने गर्छ।

  किराती राईहरुकाे मिथक पढाै सेयर गराै! सृष्टिकालमा किरात राईहरुका सुन्तुम( सृष्टिकर्ता) पारुहाङ र सुम्निमाले सृष्टि गर्दा यस धर्तीमा किवा (बाघ),माक्सा (भालु) र हेन्कुबुङ(मानव)लाई सृष्टि गरे।बाल्यकाल बित्दै गएपछि हेन्कुबुङ(मानव) धनुकाँड लिएर तीनैजना दाजुभाइ जङ्गलतिर सिकार खेल्न जान थाले। किवा(बाघ) दाजु भएकाेले निकै घमण्डी थिए।माक्सा(भालु) खास घमण्डी थिएनन् हेन्कुबुङ(मानव)बुद्धिमानी र चलाख थिए।जङ्गलमा किवा र हेन्कुबुङ(मानव) शिकारकाे लागि बाजि नै गर्थे तर हेन्कुबुङले नै शिकारमा दाजुलाई जित्थे।यस्तो देखा किवा(बाघ) भाइमाथि जाइलाग्थे यस्तो व्यबहार देखेर भाइ वाक्क भइसकेका थिए घरमा आएर आमालाई सुनाउथे सुम्निमा छाेराहरुकाे यस्तो व्यबहारले साहै दुखी हुन्थिन्।दाजुले भाइलाई मार्नकाे लागि निकै पाप चिताउथे याे कुराे भाइले बुझिसकेकाे थियाे। सुम्निमाले छाेराहरुलाई खाजा पकाएर झाेलामा राखिदिइन् खाजा भाइले बाेक्यिाे र आमालाई खुट्टामा ढाेगे र शिकारतिर लागे।आमाले दाजुलाई सम्झाए भाइकाे हेरबिचार गर्नु चाडैं घर आउनु भनिन्। आमाबाट बिदा लिएर जङ्गलतिर लागे बाटोमा दाजुले भाइलाई निकै पटक झम्टिन खाेजियाे। शिकारकाे

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर