Kirati Crown पियालोक्चा/चाम्फुरी किरात वायुङ राईहरुको (हाङ शिली) गर्दा लगाऊने मौलिक मुन्दुमी पहिरनहरु...पियालोक्चा/चाम्फुरी(शिरमा लगाईने किराती श्रिपेच)/नारीमोक्ते,सापाचिरी,सालामा,किङमा,मुलुप्चा पुर्वी पहाडि भेग ओखलढुङ्गा/सोलुखम्बुको गाँऊबाट बुनेर तैयार पारी युकेसम्म आएको छ। अबको केहि वर्ष पछाडि हाम्रो किराती पुर्खाहरुले जोगाएर ल्याएको यस्ता मौलिकपन भएको मुन्दुमी/सांस्कृतिक सम्पदाहरु लोप भएर जाने निश्चित छ।किराती पुर्खाहरुको हजारौ वर्षदेखी जोगाएर ल्याएको मुन्दुमी मौलिक संस्कृती र सिप कलाहरु पछिल्लो युवा पुस्तामा यस्ता पियालोक्चा/नारीमोक्ते/सालामा/सापाचिरी/किङ्माहरु हातले बुन्ने कलाहरु पुस्ता हस्तान्तरण र सिक्ने कामहरु भएको छैन। आजभोली गाँऊघरमा पनि यस्ता सिप जानेका अग्रजहरु एका दुई मात्र पाईन्छन,वहाँहरुको पुस्ता सकिए पश्चात यसको सांस्कृतिक महत्व र निरन्तरता कसले दिने?गम्भिर प्रश्न आएको छ। तसर्थ किराती पुर्खाहरुले जोगाएर ल्याएको यी मौलिक मुन्दुमी संस्कृती भेषभुषाहरु लोप हुने अवस्था आएको छ,अब जोगाऊन,संरक्षण गर्न र सबै किराती युवा पुस्ताहरुले पुस्ता हस्तान्तरण र अपनाऊन आवश्यक छ।यस्ता सांस्
suptulungsamkha.com is about Kirati Culture...