Skip to main content

सृष्टिकालमा किरात | यहीँ उन्यूँकाे पातमा किवा(बाघ) गाउँघरतिर जङ्गलमा बस्ने गर्छ।

 

किराती राईहरुकाे मिथक पढाै सेयर गराै!





सृष्टिकालमा किरात राईहरुका सुन्तुम( सृष्टिकर्ता) पारुहाङ र सुम्निमाले सृष्टि गर्दा यस धर्तीमा किवा (बाघ),माक्सा (भालु) र हेन्कुबुङ(मानव)लाई सृष्टि गरे।बाल्यकाल बित्दै गएपछि हेन्कुबुङ(मानव) धनुकाँड लिएर तीनैजना दाजुभाइ जङ्गलतिर सिकार खेल्न जान थाले।


किवा(बाघ) दाजु भएकाेले निकै घमण्डी थिए।माक्सा(भालु) खास घमण्डी थिएनन् हेन्कुबुङ(मानव)बुद्धिमानी र चलाख थिए।जङ्गलमा किवा र हेन्कुबुङ(मानव) शिकारकाे लागि बाजि नै गर्थे तर हेन्कुबुङले नै शिकारमा दाजुलाई जित्थे।यस्तो देखा किवा(बाघ) भाइमाथि जाइलाग्थे यस्तो व्यबहार देखेर भाइ वाक्क भइसकेका थिए


घरमा आएर आमालाई सुनाउथे सुम्निमा छाेराहरुकाे यस्तो व्यबहारले साहै दुखी हुन्थिन्।दाजुले भाइलाई मार्नकाे लागि निकै पाप चिताउथे याे कुराे भाइले बुझिसकेकाे थियाे।

सुम्निमाले छाेराहरुलाई खाजा पकाएर झाेलामा राखिदिइन् खाजा भाइले बाेक्यिाे र आमालाई खुट्टामा ढाेगे र शिकारतिर लागे।आमाले दाजुलाई सम्झाए भाइकाे हेरबिचार गर्नु चाडैं घर आउनु भनिन्।


आमाबाट बिदा लिएर जङ्गलतिर लागे बाटोमा दाजुले भाइलाई निकै पटक झम्टिन खाेजियाे। शिकारकाे लागि दुवै भाइ बिपरित दिशातिर लाग्नु अगाडि सल्लाह गरे घाम अस्ताउनुभन्दा अगाडि निश्चित ठाउँमा भेट भएर खाजा खाने भनेर आ आफ्नो बाटो लागे।


भाइ सिकार खेलेर चाडैं अगाडि आए।दाजुकाे हेपाइ प्रबिधिले आफ्नो टाेपी फुकालेर एउटा बुटामा राखे र अाफु नदेखिने गरि रुखमा चढेर पर्खि बसे।घमण्डी दाजु(किवा) सिकार खेल्दै आइपुगे र ठुटाकाे टाेपी देख्नेबित्तिकै झम्टी च्यातचुत बनाइदिए।दाजुकाे यस्तो क्रियाकलापले भाइले सम्झे दाजुले मलाई मर्ने भए माैका पाए मलाई बाँकी नराख्ने साेचेर रुखबाटै भाइले बाेलाए दाजु के गरेकाे? दाजु अत्तनि्दै जवाफ दिए "ए शिकारकाे लागि अभ्यास गरेकाे"


अब भाइले दाजुलाई मार्ने साेच बनाएर खाजाकाे निहुँ बनाएर दाजु खाजा खाने ? खानेभए आँखा चिम्लेर "आँ " गर्नु यहाँबाट खसाइदिउँला" दाजुले पनि हुन्छ भनेर आँखा चिम्लेर आँ गरे यहीँ माैकामा भाइले मुखमा धनुषकाँडाले हानेर मारिदिए र स्याउलाले छाेपछाप पारेर घर फर्के।


साँझमा हेन्कुबुङ एक्लै घर फक्र्याे याे देखेर आमाले साेधिन् तिम्रो दाजु खाेइ? हेन्कुबुङले शुरुआतमा त थाहा छैन् भनेर ढाँटियाे अामाले नढाँटिकन भन अाज मेराे मातृह्दय दुखेकाे छ तिमीहरू केही न केही भएका छाै हेन्कुबुङलाई कर लागेपछि सबै घटना अामालाई सुनाए।अामा सुम्निमाले सबै घटना सुनेपछि शिलाढुङ्गा,अदुवा,चामल, मर्चापानी राखेकाे वाबुप (चिन्डाे) कटुसकाे सेउली र खुर्पा लिएर हेन्कुबुङलाई भनिन् हिँड अामाछाेरा दाजु मरेकाे ठाउँतिर लागे दाजुकाे शरिरबाट स्याउला मुखमा लागेकाे बाण निकालेर जडिबुटी घाउमा लगाइदिइन्।


दाजु(किवा) काे शरिरमा शिलाढुङ्गा,खुर्पा,मर्चापानी राखेर वाबुप(चिन्डाे) अक्षता र अदुवाले हानिन् केहिबेर मुत्दुम भन्दै सेउलीले हानेपछि दाजु (किवा) ब्युँतेर अायाे सुम्निमाले किवा(बाघ) लाई भनिन् अाजदेखि तिमी भाइ हेन्कुबुङ दाजु भयाै।


Kirat mundhum किरात मुन्दुम अामाले यसपछि दुवै भाइलाई बाेलाएर हेन्कुबुङले चलाएकाे धनुबाण,शिलाढुङ्गा,मर्चापानी,वाबुप,खुर्पा,अक्षताअदुवा सेउलीकाे मुठा राखी छुन लगाइन् र भन्न थालिन् "हरे बाबू हाे तिमीहरू कहिल्यै मिल्दैनाै भेट भएमा झगडा गर्छाै त्यसैले अाजबाट तिमीहरू अलगअलग रहनु,बस्नु याे शिलाढुङ्गा तिमीहरूकाे सिमानाका साथै साक्षी पनि हाे।यदि तिमीहरू मध्ये कसैले यसकाे उल्लङ्घन गरेमा मेराे चित्त दुख्नेछ र सुब्बेफाब्बे पनि हुदैन् भन्दै शिलाढुङ्गामाथि अदुवा र अक्षताले हानी वाबुपबाट मर्चापानीले छकिर्न।


अामाले जेठा छाेरा किवालाई बिदा दिने बेलामा आर्शिवाद दिदै भनिन् तिम्रो भाइ हेन्कुबुङ उसकाे बुद्धि विवेकले संसार खान्छ,त्यसैले नजिस्काउनु भाइ छभर(पल्लो डाँडा) मा हुँदा तिमी दिभर(उल्लाे डाँडा) हुनु देखभेट भइहालेमा उन्यूँकाे पातमा भए पनि छलिनु बुझ्याै ल अब तिम्रो बाटो जाऊ।


हेन्कुबुङलाई पनि बाेलाइ आर्शिवाद दिदै भनिन् तिमी मनुखे हाै तिमी दाजुभन्दा बुद्धिमानी छाै त्यसैले अाजदेखि हामीले परम्पराबाट मान्दै अाएका रीतिरिवाज पालना गर्नु भनी तिमीलाई सुम्पदै छु।६-६ महिनाकाे अवधिमा याे शिलाढुङ्गा पुज्ने गर्नु।तिम्रो कल्याण हुने छ।


यसै समयदेखि साकेन्वा/ साकेला काे शिलाढुङ्गालाई पुर्खाकाे प्रतिक मानी किरात राई समुदायहरुले बैशाक पूर्णिमा र मंसिर पूर्णिमा गरि बर्षमा दुईपटक पुजिन्छ।


नाेट= यहीँ उन्यूँकाे पातमा किवा(बाघ) गाउँघरतिर जङ्गलमा बस्ने गर्छ। मरेर पूर्ण आमाले बचाँएकाेले हामी किराती राईहरु उसकाे दाजु भयाै गाउँघरतिर अझै याे मिथक सुन्न पाइन्छ साथै बाघले हामीलाई चाडैं आक्रमण गर्दैन र छेउमा पर्द‌न् भने बिश्वास छ।


मनि बान्तावा राई(Mani Bantawa Rai)


सभार= मेराे आमाबाट साथै नाक्छाेङ।सृष्टिकालमा किरात राईहरुका सुन्तुम( सृष्टिकर्ता) पारुहाङ र सुम्निमाले सृष्टि गर्दा यस धर्तीमा किवा (बाघ),माक्सा (भालु) र हेन्कुबुङ(मानव)लाई सृष्टि गरे

Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर

बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture

  बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture  किरातीहरुमा जन्मेदेखी मृत्यु संस्कारमा चाहिने जाडरक्सी यहि जाड बन्नलाई मर्चा आवस्यक पर्छ। जाँड बनाउन सबैभन्दा पहिले मर्चा चाहिन्छ, जुन सयौं वर्ष लामो समयको अध्ययन र अनुसन्धानपश्चात् बनेको हो।  जो आफैंमा महत्त्वपूर्ण आविष्कार थियो। मर्चामा आवश्यक वनस्पति तथा अन्नहरू भोस्मारीको फूल, कटहरको कोया, चितु, कोदोको पिठो, गहते, बेल्जाम आदि धुलो पारी तयार पारिन्छ।  आवश्यक वनस्पति प्रजातिहरूको छनोट त्यसको मिसावटको मात्राको समुचित परिमाण मिलाउन थोरै समयमा सम्भव भएको थिएन। रदु लुङ = किराती मार्चा। सिवुनाम = तितेपाती। सुबुकु = चोखो पानी। चुल्हो पुजक राईहरूको धर्म, कर्म, सस्कार, संस्कृती अनुसार विभिन्न निम्न कर्म कार्यहरूमा चोखिनु या चोख्याउनु परे, विशेष रूपमा तितेपाती, किराँती मार्चा र चोखो पानीको मिश्रण प्रयोगमा ल्याउने चलन चली आएको छ। 1) नयां घर बनाउनु परेमा। 2) नयां घरमा नयां चुल्हो ढुङ्गा      गाड्नु परेमा। 3) सुत्केरी चोख्याउनु परेमा। 4) मलामीहरू चोख्याउनु परेमा। 5) मृतकको घर चोख्याउनु परेमा। 6)  ... ... ... ...    ... ... ... ... । रदु लुङ > राईहरूक