Skip to main content

किरातहरु मङगोलमा अलमलिएका छ्न। Kirat civilization

 प्राचीन किरात देश पश्चिम् कस्मिर देखि पुर्ब म्यान्मारसम्म हिमालको फेदमा थियो भन्ने किरात इतिहासमा पाइन्छ। नेपालको आदिवासी (Indigenous) मध्येमा किरातीहरुको मात्र ठोस र प्रमाणीत  ईतिहास रहेको पाईन्छ 800BC (८०० ईसा. पुर्ब) अर्थत AD सुरु हुन भन्दा करिब ८३३ बर्ष अगाडी वा जिसको मृत्यु हुनु भन्दा करिब ८३३ बर्ष काठमाडौंमा मा किराती राजा यलम्बरले किराती शासनको स्थापना गरेको थिए जुन समय भगवान गौतम बुद्धको जन्म हुनु भन्दा १७७ बर्ष अगाडीको हो मुसलमान धर्म गुरु पैगम्बर मोहम्मदको जन्म हुनु भन्दा १,४०४ बर्ष अगाडीको हो। 


अन्य आदिवासीहरुको ईतिहास हुँदा - हुँदै पनी प्रमाणीत ईतिहास पाउन गाह्रो छ । नेपालको ईतिहासमा काठमाडौं उपत्यकामा  शासन गर्ने शासकहरुमा किराती मात्र आदिवासी समुदायको छ । नेपालको ईतिहासमा सबै भन्दा लामो २९ जना  किरात शासकहरुले काठमाडौं उपत्यकामा शासन गरेको हो (कतै ३२जना किरात राजाहरुले शासन गरेको भनिएको) । लिच्छवी सँग युद्ध हारेपछी भने किरातीहरुले निरन्तर माझ किरात, पल्लो किरात र वल्लो किरात गरेर नेपालको पुर्बी भेगमा मा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नु अगाडि सम्म  शासन गरेको ईतिहास छ काठमाडौं मा शासन गरेदेखीको पृथ्वीनारायण शाहले एकिकरण गर्नु पुर्ब सम्मको ईतिहास हेर्दा नेपालमा किरातीहरुको शासनकाल  धेरै बर्ष लामो रहेको थियो भन्ने बुझिन्छ । किरात काल भन्दा अगाडी काठमाडौं मा महिषपाल र गोपाल बंशले राज गरेको थियो गोपालहरु गाई पाल्दथे भनिन्छ भने महिषपाल ले भैसी गोपाल हरुलाई भगवान कृष्णले काठमाडौं उपत्यकामा बसाएको भन्ने किम्बदन्ती यी सब काल्पनिक कथा हुन जुन चाहिँ किरातीहरुको इतिहास छोट्याउनलाई हो।

किरातका सन्तान मुलबासी छौ भने महिषपाल र गोपालहरुको प्रमाण छैन।


[नेपालको जनगणना २०६८ अनुसार नेपालमा यादबहरुको जनसंख्या १०,५४,४५८ जना रहेको छ भने राईहरुको जनसंख्या ६,२०,००४ जना रहेको छ साथै लिम्बूहरुको जनसंख्या३,८७,३०० जना रहेको छ]। यलम्बर को शासनकाल जिजस र भगवान गौतम बुद्धको जन्म हुनु भन्दा धेरै अगाडीको हो । पशुपतिनाथको स्थापना पनि किरातकालमानै भएको मानिन्छ  पशुपतिनाथमा किरातेश्वर भन्ने ठाउँ अझै छ तर जुन ओझेलमा छ र यसको बारेमा थोरैलाई मात्र थाह छ । जे भने पनि नेपालको ईतिहासमा महिषपाल र गोपाल बंशको स्पस्ट ईतिहास छैन नेपालको प्रमाणीत ईतिहास नै किरात काल देखी सुरु भएको छ ।


 किरात सभ्यता त्यसैले हामी किराती नेपालका नाग थेप्चे आँखा चिम्से र पश्चिम खसहरु पनि किरात मै पर्छ किरात इतिहासले बताउछ र किरातीहरुका


लागि धेरै महत्वपूर्ण छ सम्पूर्ण किरातहरु सँग सम्बन्धित छ । अब मंगोल साम्राज्य तिर जाऔ अहिलेको मंगोलिया देश मा सन १२०० सताब्दीको वरिपरि  गेङ्घिस खान (मंगोलिया चङ्गेज खान भनिन्छ) नामको एक शासक थिए उनले एसियाको लगभग सबै हिस्सा जितिसकेको थिए; भनिन्छ की उनले बिश्वको २२% भुभागमा बिजय हासिल गरेको थिए । उनलाई एसियाली  अलेक्जेन्डर पनी भनिन्छ । 


अलेक्जेन्डरलाई बिश्व बिजेता भनेर मानिन्छ युनानी (ग्रिक) सम्राट  अलेक्जेन्डरलाई बिश्व बिजेता भनेर मानिन्छ उनको जन्म हालको मेसिडोनिया भएको थियो  । मंगोलहरु तिब्बत चिन भारत सम्म आएको थिए तर नेपालमा भने आउन सकेन त्यसको एक कारण अहिलेको पाकिस्तान बंगलादेश र भारतको केहि हिस्सामा खिल्जी बंशको मुसलमान शासकहरु थिए । 


भनिन्छ अलाउदिन खिल्जी एक शाहसी योद्धा शासक थिए उसले नै मंगोलहरु बाट अहिले को भारतलाई बचाएको थिए अलाउद्दिन खिल्जी नभएको भए अहिलेको नेपाललाई पनी मंगोलहरुले कब्जा गर्ने थियो भन्ने अड्कल नगर्न सकिन्न । अहिलेको भारत भने कहिले मुगल साम्राज्य  लगायत बिभिन्न मुसलमान शासकहरुको कब्जा त कहिले ब्रिटिस उपनिवेश मा रहदै आएको ईतिहास छ अंग्रेजहरु बाट स्वतन्त्र भएको पनि ७३ बर्ष मात्र भएको छ । 


अलाउद्दिन खिल्जीको पालामा युद्ध गर्ने मंगोलहरु गेङ्गघिस खानको सन्तानहरु थिए गेङ्घिस खान खुद त्यो समयमा जिबित भएको भए अलाउद्दिनलाई परास्त गर्न पनि सक्थे होला । तर समय बित्दै जादा मंगोलिया ले आफ्नो भुभाग गुमाउदै गयो बिस्तारै आफु कमजोर हुदै गयो अब आफ्नै भुभाग तिब्बत जान पनी चिनको बाटो हुदै जानुपर्ने भयो त्यस पछि मंगोलियाले आफ्नो बौद्ध धर्मको गुरु एक लामालाई राजा जस्तै बनाएर तिब्बत पठायो त्यही लामालाई दलाई लामा भनिन्न थालियो। दलाई लामा कुनै ब्याक्ति बिशेष नाम नभएर मंगोलिया द्धारा दिईएको एक पद वा उपाधी हो। 


एक दलाई लामा को मृत्यु पछि अर्को लामा नियुक्त हुने चलन थियो तिब्बतमा अहिले भारतमा निर्वासित भएको बिश्व नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने दलाई लामा तिब्बतको पहिलो दलाई लामा नभएर १४ औ दलाई लामा हो । अहिलेको मंगोलियन नश्लको राष्ट्रहरु एक आपसमा दुस्मन जस्तै छ । जापानलाई चिन र कोरियाले मन पराउदैन कोरिया र चिनमा कुनै समय जापानको उपनिवेश थियो उत्तर कोरिया र दक्षिण कोरिया पनि एक आपसमा मिल्दैन भने भुटानले पनी चिनलाई मन पराउदैन भुटानमा धेरै तिब्बती मुलको मानिसहरुनै छ भुटानी राजा पनी तिब्बतीय मुलको नै हो उनिहरुलाई सधै शंका थियो तिब्बतलाई जस्तै भुटानलाई पनि चिनले आफ्नो देशमा गाभ्ने छ की भन्ने कुरामा तर भुटान र भारतमा भने एक मित्र राष्ट्र हो भुटानको भारतमा बाहेक कुनै पनि देशमा आफ्नो राजदुताबास छैन भने भुटानको पराराष्ट निती भारत र भुटान सल्लाह गरेर निर्धारण गर्छ; आफ्नो  मुद्राको बिनिमय दर पनि भारत र भुटानले समान कायम गरेको छ ।


 भुटान मा ८ लाख भन्दा कम जनसंख्या छ करिब ३५% नेपाली मुलको मानिसहरु  छ भने करिब २ लाख नेपाली मुलको भुटानि सरणार्थीहरु बिभिन्न मुलुकहरुमा पुनर्वास भएको छ । नेपाली मुलको भुटानीले आन्दोलन मच्चाए पछि भुटान मा नेपाली भाषा पढाई हुदैन त्यहाँ जोङ्खा भाषा र अङ्ग्रेजी माध्यममा पढाई हुन्छ तर भुटानमा धेरैले नेपाली भाषा बुझ्छ तर पढ्न र लेख्न  भने सक्दैन । 


उनिहरुको ब्यापार आफ्नो  सिमाना जोडिएको सिक्किम र आसाम लगायतको नेपाली भाषा बोल्ने भारतिय राज्यहरु सँग भएकोले पनि नेपाली भाषा बोल्नु पर्ने बाध्यता छ तर उनिहरुको लवज भने फरक छ । एसिया र बिश्वकै ईतिहासमा मंगोल साम्राज्य धेरै चर्चित छ । तर मंगोल साम्राज्यको शासक जङ्घिस  खानको शासनकाल भन्दा किरात सभ्यता करिब २००० बर्ष  पुरानो हो भने बिश्व बिजेता एलेक्जेन्डर द ग्रेटको शासनकाल भन्दा पनि किरात काल करिब ५०० बर्ष पुरानो हो । 


काठमाडौं मा हारे पछि पनी नेपालको पुर्ब भेगमा लगातार शासन कायमै थियो । किरातीहरु नेपाल बाहेक भुटान,बर्मा (म्यानमार), भारत लगायतको देशहरुमा रहि आएको मा अहिले बिश्वब्यापीकरणले गर्दा हंकङ्ग, सिङ्गापुर, बेलायत, अमेरिका लगायत धेरै देशहरुमा रहि आएको छ ।  हामीहरुले हाम्रो सभ्यताको जगेर्ना भाबि पुस्तालाई नगरिदिए हाम्रो सन्तानहरु अलमलमा परेर मंगोलमानै आफ्नो अस्तित्व खोज्न थाल्ने छ ।

Kirat / Kirant / Kirat civilization 


Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर

बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture

  बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture  किरातीहरुमा जन्मेदेखी मृत्यु संस्कारमा चाहिने जाडरक्सी यहि जाड बन्नलाई मर्चा आवस्यक पर्छ। जाँड बनाउन सबैभन्दा पहिले मर्चा चाहिन्छ, जुन सयौं वर्ष लामो समयको अध्ययन र अनुसन्धानपश्चात् बनेको हो।  जो आफैंमा महत्त्वपूर्ण आविष्कार थियो। मर्चामा आवश्यक वनस्पति तथा अन्नहरू भोस्मारीको फूल, कटहरको कोया, चितु, कोदोको पिठो, गहते, बेल्जाम आदि धुलो पारी तयार पारिन्छ।  आवश्यक वनस्पति प्रजातिहरूको छनोट त्यसको मिसावटको मात्राको समुचित परिमाण मिलाउन थोरै समयमा सम्भव भएको थिएन। रदु लुङ = किराती मार्चा। सिवुनाम = तितेपाती। सुबुकु = चोखो पानी। चुल्हो पुजक राईहरूको धर्म, कर्म, सस्कार, संस्कृती अनुसार विभिन्न निम्न कर्म कार्यहरूमा चोखिनु या चोख्याउनु परे, विशेष रूपमा तितेपाती, किराँती मार्चा र चोखो पानीको मिश्रण प्रयोगमा ल्याउने चलन चली आएको छ। 1) नयां घर बनाउनु परेमा। 2) नयां घरमा नयां चुल्हो ढुङ्गा      गाड्नु परेमा। 3) सुत्केरी चोख्याउनु परेमा। 4) मलामीहरू चोख्याउनु परेमा। 5) मृतकको घर चोख्याउनु परेमा। 6)  ... ... ... ...    ... ... ... ... । रदु लुङ > राईहरूक