Skip to main content

बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture

 बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture 


किरातीहरुमा जन्मेदेखी मृत्यु संस्कारमा चाहिने जाडरक्सी यहि जाड बन्नलाई मर्चा आवस्यक पर्छ।



जाँड बनाउन सबैभन्दा पहिले मर्चा चाहिन्छ, जुन सयौं वर्ष लामो समयको अध्ययन र अनुसन्धानपश्चात् बनेको हो।


 जो आफैंमा महत्त्वपूर्ण आविष्कार थियो। मर्चामा आवश्यक वनस्पति तथा अन्नहरू भोस्मारीको फूल, कटहरको कोया, चितु, कोदोको पिठो, गहते, बेल्जाम आदि धुलो पारी तयार पारिन्छ। 


आवश्यक वनस्पति प्रजातिहरूको छनोट त्यसको मिसावटको मात्राको समुचित परिमाण मिलाउन थोरै समयमा सम्भव भएको थिएन।


रदु लुङ = किराती मार्चा।

सिवुनाम = तितेपाती।

सुबुकु = चोखो पानी।


चुल्हो पुजक राईहरूको धर्म, कर्म, सस्कार, संस्कृती अनुसार विभिन्न निम्न कर्म कार्यहरूमा चोखिनु या चोख्याउनु परे, विशेष रूपमा तितेपाती, किराँती मार्चा र चोखो पानीको मिश्रण प्रयोगमा ल्याउने चलन चली आएको छ।


1) नयां घर बनाउनु परेमा।

2) नयां घरमा नयां चुल्हो ढुङ्गा

     गाड्नु परेमा।

3) सुत्केरी चोख्याउनु परेमा।

4) मलामीहरू चोख्याउनु परेमा।

5) मृतकको घर चोख्याउनु परेमा।

6)  ... ... ... ...    ... ... ... ...



रदु लुङ > राईहरूकै हातबाट तयार 

पारिएको मार्चा। या किरातीहरूको

हातबाट तयार पारिएको मार्चा।


सुबुकु > पुर्खाहरूले पिउंदै आएको जमिन मुनीबाट उम्रिएको सफा पानी। कुवा, पधेंरा, ढुङ्गे धारा, खोलाको मुहानको सफा पानी।

दिनाङ्क :५०८१ 🙏


fb page-Rai Bhakta

Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

kirat community where the guests must drink their liguor immediately after they are served

 Torempa is an ancient Kirati man.He prefers much liquor(wasim/ummak). According to amyth, Torempa is hosted by his relatives angpa-angma(samdhi-samdhini) with liquor. But he does not seem to be content with the liquor. Tormpa put his head in the pot of liquoras angpa-angma were out of their house. He could not take out his head from the lid of the pot which made him died there itself. So there is a belief in the kirati community where the spirt of Tormpa hunts the people in the form of dizziness and stomach paining. indeed, there is a ritual practice in the kirat community where the guests must drink their liguor immediately after they are served, otherwise Torempa might suffer spiritually.

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर