हाम्रो पहिचान हाम्रै समुदायका राई संस्था,किरात जन्य संघसंस्थाहरु गतिला नहुना कै कारण हिन्दुकरण र बौद्ध धर्मवलम्बीको अतिक्रमणको कपेटामा।
राईको नाममा/किरातको नाममा आफ्नालागी मात्र सोचे,इतिहासबारे किरातबारे राईबारे सोचेनन हामीले मत दिएर माथी पुर्याउयौ तर माथी कसले पुर्यायो त्यो सोचेनन हामीलाई भर्र्याङ् मात्र बनाए। हाम्रा र हामी संरक्षण हुने छाटकाट देखिदैन। बास्तबमा किरात संस्कार संस्कृती हामी आफैलाई थाहा छैन हिन्दुको संस्कार संस्कृतीमा रमाउन परेको बाच्नु परेको छ। हाम्रो संस्कार संस्कृतीको बारेमा प्रचारप्रसार गर्दा किरातीहरुले नै गालीगलैजा नकारात्मक प्रतिक्रिया दिनेगर्छ अरुको धर्मलाई सम्मान गर भन्छन येस्तो हुनुमा एक कारण यि संस्थाहरु हुन।
झट्ट हेर्दा दृश्यमा यो ठाँउ कुनै लामाहरुको पुजाथलो हो भन्न जो कोहि नि सक्छ तर यथार्थमा यो किराती साया(शिर) मुन्दुमको उत्पत्ती थलो सिलिचुङ हो र यहाँ खुलेयाम धार्मिक अतिक्रमण भइरहेको छ ! साल्पा पोखरी देखि सर्दै सिलिचुङसम्म पुगिसक्यो र तुवाचुङमा नि अतिक्रमण सुरु हुँदै छ ।
तुवाचुङ- खोटाङ ,हलेसी |
अचम्मको बिषय कि अहिलेसम्म सिलिचुङमा कुनै किरात मुन्दुमी चिज या वस्तुको निर्माण भएको सम्म छैन तर लामाहरुले ध्वाजा र माने फहराइसके । लामाहरुको त्रिपिटकमा सिलिचुङ प्रष्टसङ उल्लेख छ भने स- प्रमाण पेश गरोस नत्र जहाजहा अग्ला मनोरम पहाड डाडाकाडा त्यहात्यहा ध्वजा र माने टाग्ने तल्लो स्तरको काम रोकोस र त्यहा र संसारभरिका किरातीहरुले आफ्नो पवित्र मुन्दुमी थलोको संरक्षण गर्न अग्रसर होऔ नत्र यस्तै अतिक्रमण टुलुटुलु हेर्दै बस्ने हो भने भोलिको समयमा हाम्रो सभ्यता ,सास्कृतिक भुमी केही पनि बाकी नरहला ‼️
मुन्दुमी शिर साल्पा शिलिचुङ हिन्दुकरणमा
भोजपुरमा रहेको किरातीहरुको मुन्दुममा आऊने मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङ लाई पनि महादेव बसेको स्थान भन्ने कथाहरु जोड्ने गरीएको सुनिन्छ।किरात मुन्दुमी स्थल साल्पा पोखरीको शिर शिलिचुङमा त्रिशुल ध्वजाहरु टाँगेर हिन्दुकरणको चपेटामा परेको दृश्यहरु देख्न सकिन्छ।
साल्पा सिलिचुङमा सांस्कृतिक रुपमा किरातीहरुको मुन्दुमी स्थल हो भनेर कुनै किसिमको किराती पहिचान झल्किने सांस्कृतिक विम्बहरु जस्तै:-सुम्निमा पारुहाङको प्रतिमा स्वरुप शिला ढुङ्गा/साकेला लुङ या वाबुक चिण्डोको प्रतिक राख्न सकिएको छैन।
यस मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङमा किराती माङ्पा/विजुवा/धामीहरुको उपस्थिती भएपनि सिलिचुङ लाई महादेव बसेको स्थल भन्ने कथाहरु जोड्न थालिएको रहेछ।त्यहाँ त्रिशुलहरु र अन्य धर्मालम्बीहरुको ध्वजाहरु टागेको देखिन्छ तर किराती पहिचान झल्किने कुनै किसिमको विम्बको अस्तित्व देखिन्दैन।तसर्थ अन्य धर्मको मानिसहरुले ऊनीहरुको धार्मिक विम्ब राखेर कथा कहानी जोडेर निरन्तर धार्मिक सांस्कृतिक अतिक्रमण गर्दै आईरहेका छन।
हाम्रा किरात जन्य संघ संस्थाहरुले अब पनि बेवास्ता गरेमा किरातीहरु इतिहास संस्कार संस्कृती किरात सभ्यता अतिक्रमणमा परि हराएर जानेछ लोप हुनेछन तसर्थ एकादेशमा किरात थिए अरे भन्ने कतै कति पुस्तकहरु देख्न नपरोस् । जतिपनी किरात जन्य संघसंस्थाहरु छन येस्ता ऐतिहासिक स्थल संरक्षण गर्ने ध्यान जाओस।
Comments
Post a Comment