Skip to main content

लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो lemalemma kirat rai


 लेमलेम्मा बान्तावाभाषा शब्द हो ।लेम्लेम्मा भनेको गुलियो मिठास अर्थ मिठो बोलेर आक्रासन गर्ने र प्रभावमा पार्ने ( मानव ) रुप महिला हो ।लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो ।


किरात राई मिथकको लागी सप्पन्न छ ।यो जातीमा अनैकौ मिथक दरपुस्ता प्रचलनमा रहदै आएको छ यस्ता मिथकहरु जीव जन्तु ,रुखबिरुवा ,ढुङ्गा ,खोला नाला संग सम्बन्धित रहेको पाइन्छ भने अन्य विषयहरुमा भुत प्रेत,आत्मा ,राक्षस ,बोक्सी आदी बारेमा रहेको पाइन्छ  ।


पहिला पहिला मानिसको जीवन निर्बाहको लागी मुख्य माध्यम खेतिपाती ,बस्तुभाउ र सिकारी पेसा थियो ।यो पेसा बाट जीवन निर्बाह गर्नको लागी वारि र खेतीको मेलो गोठालो घाँस दाउरा गर्नु र सिकार गर्न जानुपर्द्थ्यो ।


रातिको समयमा बाघ भालुको आक्रमण बाट बस्तुभाउ जोगाउनलाई  ठुल ठुलो मुढा जोडदै आगो बालेर साथीभाइहरु संग बसेर मिठो मिठो मिथकहरु जीवनको एक पाटाेलाइ जोडेर मनोरञ्जन पुर्ण र सनसनी पुर्ण बनाउने गरिन्थ्यो ।


यही मिथकको एक ससक्त पात्र  लेमलेम्मा थियो ।

अझैसम्म पनी किरात राई बसोबास क्षेत्रहरुमा लेमलेम्मा बस्ने ,लेमलेम्मा ओढार ,लेमलेम्मा भिर ,दुलो ,लेमलेम्मा ढिकी नामहरु प्रसस्त पाइन्छ ।


यस मध्येको भोजपुर जिल्ला आम्चोक गाउँ पालिका वडा न  २ गड्डीखानमा रहेको ( लेमलेम्मा हुत लेमलेम्मा दुलो ) स्थानीय स्तरमा चर्चित रहेको पाइन्छ । यस लेमलेम्मा हुत दुलो भित्र धेरै समय सम्म बसेर वरपरका गाउलेहरूलाई खुबै सताएको मिथकहरु पाइन्छ ।


वरपर गाउँ घरमा बच्चाहरु हराउन थालेपछि एक जना स्थानीय मान्छेले जुक्ति निकालेर शरिरभरी पिना दलेर मरेको अभिनय गर्दै घर नजिकै लम्पसार परेछन ।


 दुईजना लेमलेम्माहरु कुरा गर्दै आइपुगेछन लम्पसार परेको मानिसलाई यताउता हेरेछ्न नबोलेको देखे पछी मरेको सम्झेर लेमलेम्मा हुत दुलो लगेछ्न ।लेम्लेम्मा हुत सानो भएको हुनाले छिराउन गाह्रो भएको हुनाले बिसाएर भित्र जादा त्यो मानिस भागेर गाउँमा आएछन ।


उनले गाउँमा बच्चाहरु हराउनुको कारण लेमलेम्माहरु भएको र ऊनीहरु बस्ने ठाउ पत्तो पाए ।त्यसपछी गाउँले दाजुभाइहरु संग सल्लाह गरी गाउँ भरीबाट खोर्सानी भेला पारी गाउँले सम्पुर्ण मिलेर खोर्सानी धुवा लगाएछन ।कोहि खोर्सानीको धुवाँले भागेछन भने कोही त्यही दुलोभित्र नै मरेछन ।


त्यस पछिभने गाउँ घरमा बच्चाहरु हराउन छोडेछन ।यो लेमलेम्मा मध्येको एउटा मिथक मात्रै हो ।लेमलेम्मा सम्बन्धि यस्ता थुप्रै मिथकहरु  गाउँघरमा छन । किरात राई मिथक भित्रमा लेमलेम्मा केन्द्रीत मिथक हो ।


उहिले किरात गाउँहरुमा साना नानी सन्तानहरुले धेरै रोएमा आमा आपाहरुले लेमलेम्मा आउन लाग्यो है लैजाला नी भनेर तर्साउने गर्द्थे ।लेमलेम्माको नाम सुनेर बच्चाहरु चुपचाप लाग्ने गर्दथ्यो ।त्यसमानेमा लेमलेम्मा एक खल पात्रको रूपमा चर्चित थियो ।


लेमलेम्मा   मानव शरीर भएको जीव हो ।तर उसमा चमत्कारी शक्ति भएको मिथकमा पाइन्छ भिर पहरा खोला छेउछाउ निश्चिति थलो बनाएर बस्ने मानब रुप कै हुन्थ्यो ।मिथकहरुमा उसको शरीरबर्णन गर्दा लेमलेम्मा महिला भएको पाइन्छ ।


कालो लामो केश जीउढाक्ने स्तनहरु तल तल लत्रीएको र काध माथि राख्ने र खुट्टा पछाडी फर्केको हुन्थ्यो ।कुनै खानेकुरा थाप्दा उल्टो थाप्ने गर्द्थ्यो ।लेमलेम्मा दिउसो प्राय खोला खोल्सो एकान्त ठाउमा बस्ने गर्द्थ्यो ।


उहिले उहिले एक्लै राइहरु त्यसतो स्थानहरु जादैनथियो ।गएमा हुल बनाएर मात्रै जाने गर्द्थ्यो ।लेमलेम्मा छकि छैन भन्ने माध्यम केही हुन्नथ्यो । लेमलेम्मा छकि छैन थाहा पाउने माध्यम कित कराउनु पर्थ्यो कित डुङ्गा माथी केसले छोपेर बस्नु पर्थ्यो ।लेमलेम्मा तिरित.. तिरित.. कराउँदै हिड्ने गर्द्थ्यो ।


लेमलेम्माको पेट पाला स्थानहरु पनि निश्चित हुने गर्द्थ्यो ।बेला बेलामा बच्चाहरु खोजी खान गाउँ चाहर्ने गर्द्थ्यो ।यस बेलामा बच्चाको आमाको हु बहु सम्पुर्ण स्वरुप लिएर आउथ्यो ।बच्चाहरु आफ्नो आमा सम्झेर जादा झुक्याएर लगेर खाने गर्दथ्यो रे ।आमा ,बुबाले ज्ञान छिपिएको बच्चाहरुलाइ आमा र लेमलेम्मा छुट्टाउन उल्टो थाप्न लगाउने र खुट्टा पछाडि फर्केको बाट चिन्नु सल्लाह र दिन्थे ।ठुलो मान्छेहरुलाइ हत्तपत्त चलाउदै थियो ।एकान्तमा एकलै दुक्लै भेटमा बाकी पनी राख्दैनथ्यो ।उसको अन्य खानेकुराहरु गदौला ,सानो खालको गङ्गटा ,तरुल राती गोठमा आएर गाई भैसीको दुध दुहेर खाने प्रीय भोजन थियो यो बाहेक खस्रो खनिउ पनि खाने गर्द्थ्यो ।त्यसैले राइ बान्तावाहरुले खनिउलाई लेमलेम्मा खुक्सी नामले अझैसम्म पनी बोलाउने चलन रहेको पाइन्छ ।

लेमलेम्माको भाले तथा पुरुषलाई भने बनझाक्री भनिन्छ झाक्रीको बर्णन चै सकारात्मक रहेको पाइन्छ ।झाक्रीलाई बिधाको स्रोतको रूपमा लिएको पाइन्छ ।


यस बनझाक्रीले पनि गाउँ घरमा छानेर बच्चाहरु जङ्गलमा लाने गर्द्थ्यो तर लेमलेम्मा झै खानको लागि नभइ झाक्री बिधा सिकाउनको लागि लाने गर्द्थ्यो रे ।झाक्रीले लगेर गएको केही समय दिन ,महिना बालकलाई आफ्नो बिधा सिकाएर शक्तिसाली धामी झाक्री बनाएर जुन स्थान बाट लगेको थियो त्यही स्थानमा फर्काउने गर्द्थ्यो ।यो झाक्री बाट दिक्षित चेलाहरु धेरै शक्तिसाली हुन्छन भन्ने बिश्वास थियो ।


अझैसम्म पनी भोजपुर जिल्ला राम प्र राई गाउँ पालिका साबिक बासिखोरा ४ भञ्ज्याङ् बिचमा बिसाल झाक्री ढुङ्गा रहेको पाइन्छ ।हिजोआज किरात राई गाउँहरुमा अति नै लोकप्रिय रहेको मिथक लेमलेम्मा लोप हुने अवस्थामा रहेको पाइन्छ ।यो लोप हुनु भनेको किरात मौलिक साहित्यको एउटा शसक्त पाटाे लोप हुनु हो ।


बास्तबमा कथित साहित्य भन्दा लोक कथा सिर्जना भएका लोक साहित्यहरुको संरक्षणले तत्कालीन मानव बिकास र सामाजिक परिवेशहरुलाइ झल्काउने हुँदा यस्ता मिथकिय भौतिक लोक साहित्यको जगेर्ना गर्न आजको युवाहरुको काधमा जिम्मेवारी र आवश्यक्ता छ यति मात्रै हैन यो मिथकहरु परिकल्पना कुनै ठाउ विशेषमा चित्र कोरेर तथा मुर्ति कुदेर निर्माण गरेर पर्यटन क्षेत्र निर्माण गरेर पर्दशन गर्न ब्याबस्थापन गर्न सकेमा स्थानीय स्तरमा आर्थिक लाभ लिन सकिनेछ ।

कथा साभार इतिहासबीद  लेखक चन्द्र कुमार राई ( हतुवाली )

Comments

Popular posts from this blog

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात

kirat community where the guests must drink their liguor immediately after they are served

 Torempa is an ancient Kirati man.He prefers much liquor(wasim/ummak). According to amyth, Torempa is hosted by his relatives angpa-angma(samdhi-samdhini) with liquor. But he does not seem to be content with the liquor. Tormpa put his head in the pot of liquoras angpa-angma were out of their house. He could not take out his head from the lid of the pot which made him died there itself. So there is a belief in the kirati community where the spirt of Tormpa hunts the people in the form of dizziness and stomach paining. indeed, there is a ritual practice in the kirat community where the guests must drink their liguor immediately after they are served, otherwise Torempa might suffer spiritually.

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर